३ श्रावण २०८३, आईतवार

 

बागलुङको निसीखोलामा ६ हजार बिरुवा रोपियो

बागलुङको निसीखोला गाउँपालिकाले फलफुल खेतीलाई व्यवसायिक रुपमा अघि बढाउन फलफुलका विरुवा रोपिएको छ । व्यवसायिक फलफुल खेतीको विकास र पर्यावरणलाई सुन्दर राख्नका बिभिन्न प्रजातिका ५ हजार ८ सय १८ फलफुल र रुखका बिरुवा रोपिएको हो ।

सरकारले सन् २०१८ जुन ५ तारिख अर्थात विश्व वातावरण दिवशको अवसरमा देशभर प्रत्यक मानिसले एक फलफलु वा रुखविरुवा रोप्ने अभियान अगाडि बढाएको छ । यहि कार्यक्रम अन्तरगत निसीखोला गाउँपालिकाले समेत एक ब्यक्ति एक फलफुल वा रुखका बिरुवा रोप्ने अभियानलाई प्राथमिकता दिएको गाउँपलिकाले जनाएको छ ।

अभियान सुभारम्भ गरेसँगै पाँचबर्षमा आफुहरुले समेत गाँउपालिकाको कुल जनसँख्या २३ हजार ५ सय रहेकोमा सोहि मात्रामा विरुवा रोपिने अभियान सफल पारिने गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए ।

फलफुल तथा अन्य प्रजातिका विरुवा रोप्दा आम्दानीको श्रोतमा बृद्धि हुने, भुक्षय, बाढि पहिरो रोकथाम गर्ने लगायत वातावरणिय सन्तुलनलाई समेत व्यवस्थित गर्ने भएका कारण यसबर्ष गाँउपालिका जनप्रतिनीधि, कर्मचारी तथा स्थानिय बासिन्दाको प्रत्यक्ष सहभागितामा सात वटै वडामा गरी आँप ४ सय ४, सुन्तला ३ सय ५०, कागति १५ सय २१, अलैँचि ३ सय, निम ३०, टिमुर २ सय ५० विरुवा रोपिएको छ ।

त्यस्तै अनार ५०, किवी ३६, जुनार ८८, केरा ७ सय ८९, रुद्धा्रक्ष ४६ गरी कुल ३ हजार ८ सय ७३ फलफुलका विरुवा रोपिएको बताईएको छ । त्यस्तै रुख प्रजातिमा सल्लो, अमला, चाप, रानि खनियु, निमारो गरी कुल १ हजार ९ सय ४५ विरुवा बृच्छारोपण गरीएको गााउपालिका प्रमुख प्रशासकिय अधिकृत सुसिल पनेरुले बताउनु भयो ।

निसीखोला गाँउपालिकामा फलफुल र तरकारी उत्पादनका हिसावले माटो र हावा पानी उचित रहेका कारण त्यसक्षेत्रका कृषहरु पछिल्लो समय व्यवसायिक तरकारी फलफुल खेति तर्फ थप आर्कषित बन्दै जान थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung