३ श्रावण २०८३, आईतवार

 

सिड्नीमा प्रचण्ड गर्मी, हजारौं प्रभावित

सिड्नी शहरको तापक्रम ४७.३ सेल्सियस् पुगेपछि त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ।

प्रचण्ड गर्मीका बेला विद्युत आपूर्ति बन्द भएका कारण हजारौं मानिस प्रभावित भएका छन् भने कल्याणकारी संस्थाहरुले घरबारविहीन मानिसलाई पानी वितरण गरेका छन्।

यसअघि सिड्नीमा सन् १९३९ मा सबैभन्दा बढी गर्मी महसुस गरिएको थियो।

त्यतिबेला उक्त शहरको तापक्रम ४७.८ सेल्सियस् मापन गरिएको थियो।

प्रभाव

क्रिकेट खेल हेर्दै दर्शकहरुतस्वीर कपीराइटALLSPORT/GETTYIMAGE

गर्मीका कारण एक अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता समेत स्थगित गरिएको छ।

सिड्नी क्रिकेट ग्राउन्डमा टेस्ट म्याच खेलिरहेका इङल्याण्डका ब्याट्सम्यानहरुले अत्यधिक गर्मीका कारण खेल खेल्न निकै संघर्ष गरेका थिए।

प्रचण्ड गर्मीका बेला आगलागीका घटना हुनसक्ने भन्दै अधिकारीहरुले ग्रेटर सिड्नी क्षेत्रमा बासिन्दाहरुलाई सचेत गराएका छन्।

गर्मीयाममा अष्ट्रेलियाका वन जंगलमा डढेलोका घटना दोहोरिने गरेका छन्।

शनिवार दक्षिण अष्ट्रेलियाको भिक्टोरियामा कैयौं स्थानमा आगलागी भएको अधिकारीहरुको भनाइ छ।

बीबीसी नेपालीबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung