सुनचादी व्यवसायी महासंघ गण्डकी प्रदेशको सदस्यमा सुदेशचन्द्र राजभण्डारी सर्वसम्मत चयन भएको छ । बागलुड सुनचादी व्यवसायी संघको पुर्व अध्यक्ष समेत रहेका राजभण्डारी न्यु महालक्ष्मी ज्वेलर्सको प्रोपराइटर र महालक्ष्मी ग्रुपको सदस्य हुन ।
राजभण्डारीले आफनो परम्परागत सुनचादी पसललाई विस २०५४ सालदेखि आधुनिक शैलिबाट न्यु महालक्ष्मी ज्वलर्सको नाममा बागलुड बजारको किनारा टोलमा संचालनमा ल्याए ।व्यवसायका साथ साथै राजभण्डारी समाजसेवामा पनि रुचि राख्छन ।
गोरखामा भएको भेलाले नया तर्दथ समिति गठन गरेको हो । सुनचादी व्यवसायीहरुको हक हितको रक्षा, व्यवसायीक वातावरण निर्माण ,स्थानीय तहमा नया बजारको र्सम्भावनाको खोजी , प्रदेश सरकारबाट सुनचादीको बजारलाई थप उत्साहित बनाउन सहकार्य गर्ने लक्ष्यले प्रदेश समिति गठन गरेको राजभण्डारीले नया विश्वलाई बताए ।













































































































































































































