१२ कार्तिक २०८३, बुधबार

 

पर्वतको श्रमिक आधारभूत विद्यालयलाई बाल संरक्षण बागलुङको सहयोग

वाल संरक्षण विकास समिती बागलुङले पर्वतको कुश्मा नगरपालिका १ मालढुङगामा रहेको श्रमिक आधारभुत विद्यालयका वालवालिकाका लागी जुत्ता हस्तान्त्रण गरेको छ । विद्यालयमा आयोजित कार्यक्रममा ३२ जना विद्यार्थीलाई पोसाक हस्तान्त्रण गरिएको हो ।

विपन्न माझि समुदायका वालवालिकाले अध्ययन गर्ने भएकोले सो विद्यार्थीको शैक्षिक उपलव्धी वृद्धि गराउने उदेश्यले विद्यार्थीलाई जुत्ता र मजा हस्तान्त्रण गरिएको थियो । पाल्पा घर भई हाल दुवईमा रहनु भएका विष्नु रानाले आफनो जन्म दीनको अवसरमा गर्नु भएको आर्थिक सहयोगले जुत्ता मजा हस्तान्त्रण गरिएको हो ।

वाल संरक्षण विकास समिती बागलुङका अध्यक्ष धना आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै कुश्मा नगरपालिका १ का वडा अध्यक्ष देवेन्द्र सुवेदीले आर्थिक अवस्था न्युन भएका अभिभावकका वालवालीकाले अध्ययन गर्ने विद्यालयका विद्यार्थीलाई सहयोग गर्ने कार्य स्रह्नीय रहेको वताउनु भयो । कार्यक्रममा धौलागिरी टेलिभिजनका सम्पादक सुवास आचार्य लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

पोसाक बितरणको माध्यमबाट विद्यार्थीको मनोवल बढाउने भएकोले सस्थाले देखाएको सक्रियता सकरात्मक रहेको वताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मैना गुरुङले स्वागत गर्नु भएको कार्यक्रमको संचालन  प्रअ तेजेन्द्र आचार्यले गर्नु भएको थिया

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung