काठमाडौं। साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत रहेको छ ।
शुक्रबार बजारमा छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ६० हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
शुक्रबार तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ।













































































































































































































