२२ भाद्र २०८३, सोमबार

 

‘छक्का पन्जा ३’ ले गर्यो १८ करोडको ग्रस कलेक्शन

गत असोज २४ अर्थात् घटस्थापनाको दिनदेखि प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘छक्का पन्जा ३’ ले १८ करोड ग्रस कलेक्शन गरेको छ र अहिलेको नेपाली चलचित्र क्षेत्रमा छक्का पन्जा ३ टप ग्रस कलेक्टरमा परेको छ ।

यसलाई अहिलेको नम्बर १ सामाजिक सञ्जालनमा ‘’ ले सार्वजनिक गरेको छ ।

चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाईं, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, वर्षा राउत, बुद्धि तामांङ, स्वस्तिमा खड्का, सुमन गिरी (भान्जा), संजोग कोइराला, नीर शाह, शिवहरि पौडेल, किरण केसी, अनुराग कुँवर, लक्ष्मी गिरी, विल्सन राई, जय नन्द लामा, शारदा गिरी, विमला गिरी र वसन्त भट्ट लगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने चलचित्रलाई सुमन गिरी (भान्जा), शिवहरि पौडेल, किरण केसी, ताराचन्द्र बजगाईं (निशान), पुरुषोत्तम प्रधान, दिपेन्द्र खनिया र केशव न्यौपाने लगायतको लगानी रहेको छ ।

आमा सरस्वती मुभिजको ब्यानरमा तयार भएको चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी छिन् भने कार्यकारी निर्माताको रुपमा केदार घिमिरे (माग्ने बुढा) र जीतु नेपाल (मुन्द्रे) छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung