काठमाडौं। साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको एक हजार रुपैयाँले घटेको छ ।
शनिबार बजारमा छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
शनिबार तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।













































































































































































































