३ श्रावण २०८३, आईतवार

 

उपभोक्ताको लागि यो खुशी खबरः आज फेरि घट्यो सुनचाँदीको भाऊ !

कार्तिक २७ ।

साताको तेस्रो दिन मंगलबार फेरि नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले घटेको छ ।

सोमबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ९ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि फेरि घटेर बजारमा सुन प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार तेजावी सुन प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि घटेर बजारमा सुन प्रतितोला ५८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, मंगलबार फेरि बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

सोमबार बजारमा चाँदी प्रतितोला मूल्य ७२५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि फेरि घटेर चाँदी प्रतितोला ७२० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung