मंसिर २।
एनएमबि माईक्रोफाइनान्स कम्पनीले गत आवको कमाईबाट १५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ ।
साथै, कम्पनी सञ्चालक समितिको बैठकले बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । एनएमबि माईक्रोफाइनान्स कम्पनीले प्रस्ताव गरेको बोनस शेयर राष्ट्र बैंक तथा लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ ।

१४ करोड ८ लाख रुपैंया चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सले बोनस बापत २ करोड ११ लाख तथा करको लागि ११ लाख १२ हजार नगद वितरण गर्ने जनाएको छ ।
बोनसपछि माइक्रोको चुक्ता पूँजी १६ करोड १९ लाख नाघ्ने छ । मेरोलगानीबाट






























































































































































































