वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको सुरुको तीन महिनाको वित्तीय विवरण धमाधम सार्वजनिक गर्न थालेका छन्।
कात्तिक मसान्तसम्म सबै वाणिज्य बैंकहरुले वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने प्रवधान रहेकोमा शुक्रबारसम्म सार्वजनिक भएको वणिज्य बैंकहरुको वित्तीय विवरण अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकले सबैभन्दा बढी नाफा आर्जन गरेको छ।
इन्भेष्टमेन्ट बैंकको असोजसम्मको वित्तीय विवरण सार्वजनिक गर्दै एक अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको जनाएको छ। बैंकको १७ दशमलब ८४ प्रतिशतले नाफा बढेको हो। गत वर्षको यही अवधिमा ८९ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकले एक खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब २४ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। गत वर्ष एक खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ६ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो। खुद ब्याज आम्दानी एक अर्ब ५९ करोड रुपैयाँ गरेको छ। प्रतिसेयर आम्दानी ३३ रुपैयाँबाट बढेर ४० रुपैयाँ पुगेको छ।
मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा ४० करोड रुपैयाँभन्दा बढी भएको छ। आर्थिक वर्ष २०७५-७६ को पहिलो त्रैमासिक अवधिको लागि प्रकाशित वित्तीय विवरण अनुसार बैंकले खुद मुनाफा ४० करोड ४५ लाख रुपैयाँ कमाएको छ।
अघिल्लो वर्ष सोही अवधिमा बैंकले ८ करोड १८ लाख मुनाफा गरेको थियो भने यस वर्ष बैंकले सो रकममा ३९४ प्रतिशतले उच्च वृद्धि हासिल गरेको छ। बैंकको कूल निक्षेप अघिल्लो वर्षको तुलनामा २६ अर्ब २७ करोडले वृद्धि भई २०७५ आश्विन मसान्तमा ६६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ जुन ६६ प्रतिशतको वृद्धि हो। त्यसैगरी, कर्जा तथा सापटी २६ अर्ब ५४ करोडले वृद्धि भई ६२ अर्ब २५ करोड कायम भएको छ। यो वृद्धिदर ७४ प्रतिशत रहेको छ।
मेगा बैंक र साबिक टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडबीच २०७५ बैशाख ३० गते मर्जर भई संयुक्त कारोबार प्रारम्भ भएको थियो। मर्जरबाट निक्षेप १२ अर्ब ७३ करोडले र कर्जा प्रवाह १२ अर्ब ७५ करोडले वृद्धि भएको बैंकले जनाएको छ। मेगा बैंकका १०२ वटा शाखा, १८ वटा एक्टेनसन काउन्टर, १११ वटा शाखारहित बैंकिङ केन्द्रहरु, २ हजार ३ सयभन्दा बढी मेगा रेमिट सञ्जाल र ७९ वटा एटिएम सञ्चालनमा रहेका छन्।
नेपाल बङ्गलादेश बैंकले बिहीबार वित्तीय विवरण सार्वजनिक गरेको हो। पहिलो तीन महिनामा ४२ दशमलब ९७ प्रतिशतले नाफा बढाएको छ। बैंकले तीन महिनामा २२ करोड १ लाख रुपैयाँ नाफा गरेको छ। पहिलो तीन महिनामा ४७ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरि ४८ अर्ब ४१ करोड रुपैयाँ ऋण लगानी गर्दा ६९ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ। प्रतिशेयर आम्दानी ७ रुपैयाँबाट बढेर १४ रुपैयाँ पुगेको छ।
सानिमा बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ४९ दशमलब ०३ प्रतिशतले नाफा बढाएको छ। बैंकले तीन महिनामा ४६ करोड ४४ लाख रुपैयाँ नाफा गरेको छ भने गत वर्ष ३२ करोड ६९ लाख रुपैयाँ थियो। बैंकले ८४ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ८करोड रुपैयाँ ऋण लगानी गरेको छ। खुद व्याज आम्दानी ९७ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ। प्रतिशेयर आम्दानी १८ रुपैयाँबाट बढेर २५ रुपैयाँ पुगेको छ।
एनसिसी बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७० दशमलब ४० प्रतिशतलेनाफा बढाएर २८ करोड चार लाख रुपैयाँ पु¥याएको छ। गत वर्ष बैंकको नाफा १६ करोड ४५ लाख रुपैयाँ थियो। बैंकले ६२ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरि ५७ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकले खुद व्याज आम्दानी ८० करोड ८० लाख रुपैयाँ आर्जन गरेको छ। जबकी गत वर्ष यस्तो आम्दानी ३४ करोड ७६ लाख रुपैयाँ मात्रै थियो। प्रतिशेयर आम्दानी पनि २१ रुपैयाँबाट ४० रुपैयाँ पुगेको छ।
जनता बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २९४.९५ प्रतिशतले नाफा बढाएको छ। बैंकले पहिलो तीन महिनाम २५ करोड ५९ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्ष ६ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकले ६२ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरि ५८ अर्ब ४५ करोड रुपैयाँ ऋण लगानी गर्दा खुद व्याज आम्दानी ७९ करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ। प्रति शेयर आम्दानी ९ रुपैयाँबाट १६ रुपैयाँ पुगेको छ।
सेञ्चुरी बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८९ दशमलब १४ प्रतिशतले नाफा बढाएको छ। बैंकले पहिलो तीन महिनामा २० करोड रुपैयाँ नाफा गरेको छ भने गत वर्षको यही अवधिमा १० करोड ५७ लाख रुपैयाँ मात्रै थियो। बैंकले ६२ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरि ५७ अर्ब ५४ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकले खुद व्याज आम्दानी ८० करोड १५ लाख रुपैयाँ छ भने गत वर्ष ४६ करोड ५४ लाख रुपैयाँ थियो। प्रतिशेयर आम्दानी ९ रुपैयाँबाट बढेर १३ रुपैयाँ पुगेको छ।
सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३३ दशमलब ५२ प्रतिशतले नाफा बढाएको छ। पहिलो तीन महिनामा २७ करोड २० लाख रुपैयाँ नाफा गरेको छ। निक्षेप ७५ अर्ब ७९ करोड रुपैयाँ संकलन गरि ६६ अर्ब ५९ करोड रुपैयाँ ऋण लगानी गर्दा खुद व्याज आम्दानी ८२ करोड १४ लाख रुपैयाँ आर्जन गरेको छ। प्रतिशेयर आम्दानी ९ रुपैयाँबाट बढेर १६ रुपैयाँ पुगेको छ।
लक्ष्मी बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४६ दशमलब ९७ प्रतिशतले नाफा बढाएको छ। बैंकले तीन महिनामा २५ करोड १३ लाख रुपैयाँ नाफा गरेको छ भने गत वर्ष १७ करोड ९ लाख रुपैयाँ थियो। बैंकले तीन महिनामा ६९ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरि ६४ अर्ब ६२ करोड रुपैयाँ ऋण लगानी गर्दा ७४ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ। प्रतिशेयर आम्दानी १० रुपैयाँबाट १४ रुपैयाँ पुगेको छ।
एनएमबी बैंकले पनि आ.व. २०७५/७६ को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। यस त्रैमासमा बैंकले ५५ करोड करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ।
उक्त वित्तीय विवरण अनुसार हाल बैंकको निक्षेप ८५ दशमलब ८३ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा ८२ दशमलब ७८ अर्ब पुगेको छ। उपरोक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा निक्षेपमा १३ दशमलब ८ अर्ब तथा कर्जामा १९ दशमलब ३ अर्ब बृद्धि भएको छ भने यस त्रैमासिकमा बचत निक्षेपमा रु.२.२४ अर्बले बृद्धि भएको छ।
एनएमबी बैंकले विदेशी संस्था आइएफसीबाट अमेरीकी डलर १ करोड ५० लाखको कर्जा लिन सफल हुने पहिलो र हालसम्मकै एकमात्र बैंक भएको छ।
उपरोक्त उपलब्धिहरुबाट बैैंकले प्रतिशेयर आम्दानी २६ दशमलब ६४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १९९ दशमलब ७५ कायम राख्न सफल भएका छन्। हाल एनएमबी बैंकको ११० वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ९७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ।
नबिल बैंकले शुक्रबार प्रकाशन गरेकोे प्रथम त्रैमासमा एक अर्ब पाँच करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको उल्लेख छ। यो नाफा गत आवको यसै अवधिको तुलनामा २० करोड ६० लाख अर्थात २३ दशमलब ६२ प्रतिशतले बढी हो।
नबिल बैंकको फ्रि प्रोफिट भने राष्ट्र बैंकको रेगुलेटरी एड्जसमेन्ट वापत ११ करोड ९२ लाख रुपैयाँ व्यवस्था गर्दा खुद नाफाभन्दा घटेको छ।
त्रैमासिक अवधिमा बैंकको वितरण योग्य नाफा (फ्रि प्रोफिट) ९३ करोड ३१ लाख रहेको छ । गत वर्ष बैंकको फ्रि प्रोफिट ८५ करोड १४ लाख रुपैयाँ रहेको थियो।
एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शीर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ।
नबिल बैंकले निक्षेप संकलन र कर्जा प्रवाह रकममा पनि इन्भेष्टमेन्ट बैंकलाई पछाडि छाडेको छ।
बैंकले चालू आवको प्रथम त्रैमास अवधिसम्म एक खर्ब ४३ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। गत आवको प्रथम त्रैमासमा बैंकले एक खर्ब २३ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो।
बैंकले यस अवधिमा एक खर्ब २८ अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत आवको प्रथम त्रैमासमा बैंकले ९७ अर्ब ६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। समीक्षा अवधिमा बैंकले १६ दशमलब २९ प्रतिशतले निक्षेप र कर्जा परिचालनतर्फ ३१ दशमलब ९५ प्रतिशतले बढोत्तरी गरेको हो।






























































































































































































