४ कार्तिक २०८३, मंगलवार

 

बलियो सरकारले ‘निरन्तरतामा क्रमभंगता’ गरेनः अग्नी सापकोटा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्नीप्रसाद सापकोटाले सरकारको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

नेता सापकोटाले जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले बलियो सरकारले जन अपेक्षा अनुसार ‘निरन्तरतामा क्रमभंगताका साथ’ काम गर्न नसकेको पनि स्पष्ट पारे।

जनताले असाध्य अपेक्षा गरेको बलियो सरकारले मुलुकलाई सुशासन दिन नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, दण्डहिनता अन्त्यका लागि ठोस कदम चाल्न नसकेको नेता सापकोटाको भनाई छ।

नेता सापकोटाले आगामी बस्ने स्थायी समिति बैठकले सरकारको कामको पनि समिक्षा गर्ने जानकारी दिए। पार्टीको संगठन एकीकरण सम्बन्धी विवाद टुंगो लगाउन स्थायी समिति बैठक छिट्टै बस्ने उनको भनाई थियो।

नेता सापकोटाले आगामी मंसीर ६ गते बस्ने पार्टी सचिवालय बैठकले संगठन एकीकरण सम्बन्धी कार्य दलले तयार पारेको प्रस्तावलाई अन्तिम रुप दिने विश्वास पनि व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung