४ श्रावण २०८३, सोमबार

 

ह्वात्तै घट्यो सुनचाँदीको भाउ !

काठमाडौं, मंसिर ४ ।

साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य चार सयले रुपैयाँले घटेको छ ।

सोमबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ७ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार तेजावी सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, म‌गलबार बजारमा चाँदीको मूल्य दश रुपैयाँले घटेको छ ।

सोमबार बजारमा चाँदी प्रतितोला मूल्य ७२५ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी प्रतितोला ७१५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung