काठमाडौं, मंसिर ४ । कुमारी बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी खोजेको छ । उसले एसिस्टेन्टदेखि मेनेजरसम्मका विभिन्न पदका लागि कर्मचारी खोजेको हो । कुनै पदका लागि पनि निश्चित संख्या तोकिएको छैन । सबै पदका लागि अनुभव र उमेर हद तोकिएको छ ।
सिनियर मेनेजरका लागि १२ वर्ष कमर्सियल बैंकमा काम गरेको अनुभव हुनुपर्नेछ । जसमध्ये, चार वर्ष मेनेजर लेभलमा रहेको हुनुपर्नेछ । स्नातकोत्तर उतीर्ण गरेको हुनुपर्नेछ ।
फाइनान्स, मार्केटिङ, अर्थशास्त्र अथवा विजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकालाई प्राथमिकता दिइनेछ । उमेर ४६ वर्ष ननाघेको हुनुपर्नेछ । थप जानकारीका लागि बैंकको साइटमा गएर पनि बुझन सकिने छ ।
थप जानकारीका लागि यहाँ क्लिक गर्नुस्






























































































































































































