काठमाडौं । प्रभु बैंकको नाफामा सुधार आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५९ करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गण्डकी विकास बैंकले गत वर्षको नाफा बाट १४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
प्रभु बैंक
प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५९ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । ८ अर्ब २३ करोड बढि चुक्ता पूँजी भएको बैंकले १ खर्ब ३ अर्ब निक्षेप संकलन गरि ८६ अर्ब १ करोड कर्जा प्रवाह गरेको छ । बैंकको निस्किृय कर्जा ४ दशमलव दुई तीन प्रतिशतबाट घटेर २ दशमलव पाँच एक प्रतिशतमा झरेको छ । यसले बैंकको प्रतिशेयर आम्दानी २९ रुपैयाँ भन्दा बढी छ ।
प्रभु बैंकको नाफामा सुधार
५९ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा
८ अर्ब २३ करोड चुक्ता पूँजी
१ खर्ब ३ अर्ब निक्षेप संकलन
८६ अर्ब १ करोड कर्जा प्रवाह
प्रतिशेयर आम्दानी २९ रुपैयाँ २ पैसा
गण्डकी विकास बैंक
गण्डकी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट १४ दशमलव २ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। २ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले ३९ करोड ५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो । बैंक संचालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।
गण्डकी विकास बैंकको नगद लाभांश
१४.२० प्रतिशत नगद लाभांश
२ अर्ब ७५ करोड चुक्ता पूँजी
३९ करोड ५ लाख रुपैयाँ नगद लाभांश
नेपाल राष्ट्र बैंकबाट पारित हुन बाँकी






























































































































































































