काठमाडौं, मंसिर ६ ।
साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य एक सयले रुपैयाँले बढेको छ ।
बुधबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ३ रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर बजारमा सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बुधबार तेजावी सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर बजारमा सुन प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, बिहीबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।
बुधबार बजारमा चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।













































































































































































































