काठमाडौं, मंसिर ७ ।
साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मूल्य तीन सयले रुपैयाँले घटेको छ ।
बिहीबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ४ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बिहीबार तेजावी सुन प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, शुक्रबार बजारमा चाँदीको मूल्य दश रुपैयाँले घटेको छ ।
बिहीबार बजारमा चाँदी प्रतितोला मूल्य ७२५ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी प्रतितोला ७१५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।













































































































































































































