काठमाडौं, मंसिर ९ ।
साताको पहिलो दिन अाइतबार नेपाली बजारमा सुनको मूल्य एक सयले रुपैयाँले घटेको छ ।
शुक्रबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार १ रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर बजारमा सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
शुक्रबार तेजावी सुन प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर बजारमा सुन प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, अाइतबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।
शुक्रबार बजारमा चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर चाँदी प्रतितोला ७१० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।













































































































































































































