काठमाडौं, मंसिर १३ ।
साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य एक सयले रुपैयाँले घटेको छ ।
बुधबार बजारमा छापावाल सुन प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर बजारमा सुन प्रतितोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बुधबार तेजावी सुन प्रतितोला ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर बजारमा सुन प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, बिहीबार फेरि बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।
बुधबार बजारमा चाँदी प्रतितोला मूल्य ७०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी प्रतितोला ७०५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।













































































































































































































