आगामी पुष ६ गते देखि १० गते सम्म सिगानामा तेस्रो सुन्तला महोत्सव हुने भएको छ । सिगानामा विगत दुइ वर्षदेखि सुन्तलाको प्रर्बद्धन गर्ने उदेश्यले महोत्सव गरिदै आएको छ ।
सुन्तला महोत्सव तथा कृषि उपज प्रर्दशनी सम्बन्धी आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा पुष ६ गतेवाट सुन्तला महोत्सव गर्ने निर्णय भएको हो ।
गणेश कृषि व्यवसायीक सहकारी संस्था लिमिटेड बागलुङको आयोजना गरिएको कार्यक्रममा बोल्दै बानपा ८ का वडा अध्यक्ष राजन जि.सीले सुन्तलाको व्यवसायीक प्रवद्धनका लागि सुन्तला महोत्सवको अत्यन्तै महत्व हुने बताउनुभएको थियो । कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकरण अन्र्तगत सुन्तला जोन बेनी कार्यालयका प्राविधिक कल्पना पुन, सिगाना माध्यामिक विद्यालयका प्रधानध्यापक गोपाल कुमार शर्मा, सुरेश मल्ल,कविराज जि.सी., शिव खड्का, भद्र बहादुर कार्की, अर्जुन खड्का, लगाएतले सुन्तला महोत्सव सम्बन्धी आ–आफ्ना धारण राखेका थिए । महोत्सवलाई व्यस्थीत गर्नका लागि रामबहादुर खड्काको अध्यक्षतामा विभिन्न कार्यक्रमका संयोजकहरु समेत गठन गरिएको छ ।
कार्यक्रम गणेश कृषि व्यवसायीक सहकारी संस्थाका अध्यक्ष रामबहादुर खड्काको अध्यक्षता तथा रमेश थापाको सञ्चलनमा सम्पन्न भएको थियो ।



















































































































































































































