आजबाट शुरू भएकाे एसिया प्यासेफिक सम्मेलनमा सहभागी हुन आएकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको कारकेडमा खटिएका प्रहरीको मोटरसाइकल दुर्घटनामा परेको छ । बिहीबार साँझ ७ः३० बजे सु कीलाई सोल्टी होटेल पुर्याएर फर्किने क्रममा त्रिपुरेश्वर दुर्घटनामा परेको हो ।
विपरीत दिशाबाट आइरहेको बा १ ज ६५७७ नम्बरको निलो माइक्रोसँग प्रहरीको मोटरसाइकल ठोकिएको थियो । दुर्घटनामा प्रहरी सहायक निरीक्षक दीपेन्द्र गुरुङ गम्भीर घाइते भएका छन् । गुरुङलाई तत्काल प्रहरी अस्पताल लगिएको थियो । त्यहाँबाट उनलाई बिहीबार नै नर्भिक अस्पताल रिफर थियो । दुर्घटनापछि माइक्रो चालकलाई दुई जना प्रहरीले हातपात समेत गरेका थिए ।
महानगरीय ट्राफिक महाशाखा प्रवक्ता एसपी जयराज सापकोटाका अनुसार लेन क्रस गरेर आइरहेको माइक्रोले प्रहरीको मोटरसाइकललाई ठक्कर दिएको हो । माइक्रो चालक र माइक्रो प्रहरी नियन्त्रणमा रहेको छ ।
भिडियो






























































































































































































