४ कार्तिक २०८३, मंगलवार

 

राष्ट्रपतिले भनिन्, ‘हामीले नगरेको कसूरको सजाय भोग्नु नपरोस्’

काठमाडौं, मंसिर १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल ज्यादै न्यून कार्बन उत्सर्जन गर्ने देश भए पनि जलवायु परिवर्तनको दुष्प्रभावमा पर्ने प्रमुख बन्न पुगेको जनाएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४औं सम्मेलनका लागि शनिबार पोल्याण्ड प्रस्तान गर्नुअघि ट्विट गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘हामीले नगरेको, नबिगारेको कसूरको सजाय भोग्नु नपरोस्, निर्दोषमाथि अन्याय हुन नदिनु विश्व समुदायको दायित्व हो । विश्व जलवायु अनुकूलन गर्न नेपाल प्रतिबद्ध छ ।’

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung