साताको पहिलो दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार बजारमा छापावाल सुन प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि बजारमा सुन प्रतितोला ५७ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।
शुक्रबार तेजावी सुन प्रतितोला ५६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि बजारमा सुन प्रतितोला ५६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, शुक्रबार बजारमा चाँदी प्रतितोला मूल्य ७०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७०० रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।













































































































































































































