४ कार्तिक २०८३, मंगलवार

 

कर्मचारी अध्यादेश स्वीकृत, निजामति सेवामा रहेका ८९ हजार ३९ को कर्मचारी समायोजन हुँदै

काठमाडाैँ । सरकारले कर्मचारी अध्यादेश स्वीकृत गरेको छ ।

सरकारले संघीयता कार्यान्वयनको महत्वपुर्ण र पेचिलो विषयको रुपमा रहेको बहुप्रतिक्षित कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको हो ।

अध्यादेश स्वीकृत गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाउने निर्णय गरेको छ । सरकारको यो निर्णय सँगै अब निजामती सेवामा रहेका ८९ हजार ३९ र स्थानीय तहमा रहेका २० हजार गरि १ लाख ९ हजार कर्मचारीको समायोजन प्रक्रिया शुरु हुने छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भएको जलवायू सम्वन्धि अन्तर्रा्ष्ट्रिय सम्मेलनमा भाग लिई वुधवार नेपाल फर्केलगत्तै सो अध्यादेश प्रमाणीकरण हुनेछ ।

अध्यादेश प्रमाणीकरण भएर राजपत्रमा सूचना प्रकाशन भएकै दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन प्रक्रिया थाल्ने जनाएको छ । समायोजन गर्दा ३५ दिन भित्र समायोजन भएको ठाउमा नजाने कर्मचारीलाई सरकारले अवकाश दिने छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung