३ श्रावण २०८३, आईतवार

 

देशैभर मौसम बदली, हिमाली क्षेत्रमा हिमपातको संभावना

मंगलबार रातिदेखि देशैभर मौसम बदली भएको छ।

पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकासहित देशैभरिको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम बदलीका कारण बिहानैदेखि काठमाडौं उपत्यकामा घाम लागेको छैन। मौसम बदली भएसँगै काठमाडौंमा जाडो बढेको छ।

काठमाडौं उपत्यकामा बुधबार बिहानको तापक्रम ६ डिग्रीमा झरेको छ।

आज दिनभर नै मौसम खुल्ने संभावना नरहेको मौसमविद् गंगा नगरकोटीले बताइन्।

‘अबको एक/दुई दिन मौसम यस्तै रहन्छ,’ नेपालखबरसँग नगरकोटीले भनिन्, ‘बुधबार राति पूर्वी तथा पश्चिमी क्षेत्रका केही हिमाली भेगमा हिउँ पर्ने संभावना छ।’

मौसम बदली भए पनि उपत्यकामा पानी पर्ने संभावना छैन। पूर्वी तथा पश्चिमी क्षेत्रका पहाडी भूभागमा भने हल्का पानी पर्ने संभावना छ।

पश्चिम तराईमा केही दिनदेखि बिहानीपख हुस्सु लाग्न थोको छ। तर, पूर्वी तथा मध्य तराईमा भने मौसम सामान्य बदली भए पनि हुस्सु लागेकाे छैन

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung