३ श्रावण २०८३, आईतवार

 

घाईते हरिणलाई वन कार्यालय पठाईयो

बिहुँको घोडाबाँधेमा फेला परेको घाईते हरिणलाई उपचारको लागि वन डिभिजन कार्यालय बागलुङ पठाईएको छ । काँठेखोला गाउपालिका–५ बिहुँ घोडाबाँधेमा नेपाली सेनाले त्यो घाईते हरिण फेला पारेको थियो ।

नेपाली सेनाको अर्जुन बाणगणको गस्ती टोलीले भेटेको हरिणलाई वडा सदस्य भुमिश्वर कँडेलमार्फत डिभिजन वन कार्यालय बागलुङ पठाईएको हो । हरिणलाई शिकारीले हानेर घाईते बनाएको हुन सक्ने स्थानीयको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung