३ श्रावण २०८३, आईतवार

 

काठमाडौंको तापक्रम २ डिग्रीमा झर्‍यो, मनाङमा माइनस ६ डिग्री

काठमाडौं । काठमाडौंमा आज (साेमबार) बिहान अत्याधिक चिसो महशुस भएको छ ।  बिहान ५ बजे मापन गरिएको काठमाडौंको तापक्रम २.५ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो तापक्रम यस वर्षकै सबै भन्दा कम हाे ।

यसअघि काठमाडौंको न्यूनतम तापक्रम  ३ डिग्री सेल्सियस मापन गरिएको थियो।  तराईमा हुस्सु लाग्‍न सुरु भएको छ भने हिमाली जिल्लामा हिउ पर्नुका साथै पानी जम्‍न थालेको छ। हिमाल पारीका जिल्ला मनाङमा रात र बिहानमा तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म झर्न थालेपछि जनजीवन प्रभावित बनेको छ।

जुम्लाको तापक्रम पनि वर्षकै न्यून मापन गरिएको छ।  जुम्लाको सोमबार मापन गरिएको तापक्रम विवरण अनुसार माइनस ६ दशमलव ४ डिग्री छ। त्यसैगरी जिरीको तापक्रम माइनस ३, जोमसोमको शून्य र काठमाडौंको ३ डिग्री सेल्सियस मापन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung