काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मुल्यमा कुनै परिवर्तन आएको छैन । शुक्रबार बजारमा छापावाल सुनको मुल्य ५८ हजार ८ सय भएको थियो भने आज पनि ५८ हजार ८ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, शुक्रबार तेजावी सुनको मुल्य ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि ५८ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको छ ।













































































































































































































