४ श्रावण २०८३, सोमबार

 

ह्वात्तै बढ्यो सुन मूल्य !

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य चार रुपैयाँले बढेको छ ।

आइतबार बजारमा छापावाल सुनको मूल्य तोलामा ५८ हजार ८ सय भएको थियो भने आज बढेर ५९ हजार २०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, आइतबार तेजाबी सुनको मूल्य ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ५८ हजार ९ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

सोमबार बजारमा चाँदीको मूल्य भने यथावत नै रहेको छ ।

आइतबार चाँदीको मूल्य ७२० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि ७ सय २० रुपैयाँमै कारोवार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung