हिमाली जिल्ला मनाङ र मुस्ताङमा निकै चिसो बढेको छ।
मनाङमा तापक्रम माइनस २१ डिग्रीसम्म झरेको छ। चिसो बढेपछि हिमाली जिल्लामा चहलपहल हराएको छ।
बजार गाउँ सबैतिर सुनसान भएको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए। यो खबर आजको नागरिक दैनिकमा पोखराबाट सन्तोष पोखरेलले लेखेका छन्।
चिसोले बाहिर हिँड्न सकस छ। चिसोले बस्न कठिन भएपछि नार र फूका बासिन्दा घर छाडेर तातो क्षेत्रतिर झरेका छन्।
दुई गाउँमा गरेर १० जना मान्छे मात्र घर कुरेर बसेका छन्। बाँकी सबै गाउँ छाडेर हिँडेका छन्।
धाराको पानी, खोला, खहरेको पानी पनि जमेको छ।













































































































































































































