४ जेष्ठ २०८१, शुक्रबार

 

नयाँ वर्षमा बागलुङ आउने पर्यटकलाई रु १०१ मा होटल बुकिङ खुल्ला

बागलुङ । अंग्रेजी नयाँ वर्षको अवसरमा बागलुङमा आउने पर्यटकहरुलाई रु १०१ मा नै होटल बुकिङ गर्न पाउने भएका छन् ।

बागलुङ जिल्लालाई पर्यटकीय गन्तव्य बनाउने पर्यटन केन्द्रको प्रचारप्रसार गर्ने उद्देश्यले नयाँ बर्ष २०१९ मा बागलुङ सदरमुकाममा आउने पर्यटकलाई रु १०१ मा कोठा उपलब्ध गराउने भएको हो ।

बागलुङ पर्यटन विकास समिति बागलुङले सदरमुकाममा पत्रकार सम्मेलन गरेर पर्यटनलाई केन्द्रीत गरेर नयाँ बर्ष २०१९ भब्य रूपमा बागलुङ मै सांगेतिक कार्यक्रम गरेर मनाउने निर्णय गरेकोे समितिका अध्यक्ष राजु खड्काले बताए ।

पर्यटन समितिको पहलमा होटल ब्यबसायी समितिको सहकार्यमा पुस १६ गते १०० वटा होटलका कोठाहरू १०१ रूपैयाँमा उपलब्ध गराउने निर्णय गरेर पर्यटक तान्ने नयाँ उपायको खोजी गरेको पर्यटन बिकास समितिका सचिव अर्जुन चोखालले बताए ।

प्रतिक्रिया दिनुहोस्