४ श्रावण २०८३, सोमबार

 

मुस्ताङ-ढोरपाटनमा भारी हिमपात, जनजीवन कष्टकर

बागलुङको पश्चिम ढोरपाटन तथा निसीखोलाको उच्च क्षेत्रमा हिमपात भएको छ । आइतबार साँझदेखि पानीसँगै परेको हिमपातले स्थानीयको जनजीवन प्रभावित भएको निसीखोला गाउँपालिका–५ का स्थानीय तेजेन्द्र पुनले जानकारी दिए । चिसोका कारण स्थानीयहरु घर बाहिर निस्कन सकेका छैनन् । भेडा च्याङ्ग्रा, गाइ भैँसीलाई दाना संकलन गर्न गाह्रो भएको ढोरपाटन नबीका मन बहादुर पुनले जानकारी दिए ।

ढोरपाटन तथा निसीको उच्च क्षेत्रहरु हिमपातले सेताम्मै बनेका बताईएको छ । लामो समयको खडेरीपछि पानीसँगै हिउँले परेपछि कृषकहरु खुसी भएका छन् । माथिल्लो क्षेत्रमा हिमपात भए पनि तल्लो भागमा पानी नपरेको स्थानीहरुको भनाई छ ।

त्यस्तै मुस्ताङमा पनि भारी हिमपात भएको छ । मुस्ताङसँगै म्याग्दीका उच्च हिमाली क्षेत्रमा भारी हिमपात परेको छ । पर्वतका पनि उच्च क्षेत्र पंचासे, डहरेलेक, क्याङको माटेलेक लगायतका क्षेत्रमा हिमपात परेको स्थानीयहरुले बताएका छन् ।

आज देशभरको मौसम परिर्वतन भएको छ । काठमाडौंको तापक्रम शुन्यमा झरेको छ भने बागलुङ बजार, कुश्मा बजारको तापक्रम पनि घटेको छ । चिसो पढेसँगै बजारबासीहरु बाहिर कम निस्केका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung