८ असार २०८२, आईतवार

 

टिकाराम सापकोटा बने मिष्ठान्न व्यवसायीको नेता

मिष्ठान्न व्यवसायी संघ बागलुङको १० औं साधारण सभा तथा ५ औं अधिवेशन शनिबार बागलुङमा समपन्न भएको छ ।

सधारणसभाले टिकाराम सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ समितिको उपाध्यक्षमा झपिन्द्र पौडेल, सचिव बाबुराम शर्मा, सहसचिव गिता कंडेल र कोषाध्यक्ष रामप्रसाद सुवेदी, रहेका छन् । त्यसैगरी समितिको सदस्यहरुमा गोमा गौतम, दुर्गा प्रसाद रिजाल, कमला गौतम, ईन्द्रलाल शर्मा, चन्द्रलाल कंडेल, मिनाकुमारी उपाध्याय रहेका छन् ।

बानपा २ कैलाम पोखरीमा बनमोज कार्यक्रमसहित भएको साधारण सभाको उदघाट्न गर्दै संघका सल्लाहकार होमनाथ उपाध्यायले आमउपभोक्ताको स्वास्थ्यमा ख्याल राखी उत्पादन गरेको वस्तुहरुलाई सफा र स्वच्छ राख्ने व्यवसायीको दायित्व भएको बताए ।
उनले व्यवसायीहरु एक जुट भएर अगाडि बढन आग्रह गरेका थिए । कार्यक्रममा संघकाका सल्लाहकार दिपेन्द्र बास्कोटा, अधिवेशनका निर्वाचन अधिकृत हरिकृष्ण सुवेदी, लगायतले नयाँ कार्यसमितिलाई शुभकामन व्यक्त गरेका थिए ।

कार्यक्रम संघका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षता सदस्य बाबुराम शर्मा स्वागत र सचिव सुर्य गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । साधारण सभाले कोषाध्यक्ष रामप्रसाद सुवेदीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, सचिव सुर्य गौतमले प्रस्तुत गरेको प्रगति प्रतिवेदन सर्वसम्म पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung