
काठमाडौं, पुस ३० । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।
आइतबार सुन तोलाको ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आइतबार तेजावी सुन तोलामा ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ६० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, सोमबार बजारमा चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छ ।
आइतबार बजारमा चाँदी तोलामा ७ सय ६० कारोबार भएको थियो भने आज पनि तोलाको ७ सय ६० रुपैयाँमै कारोबार भइरहेको थियो ।