बागलुङ । चार दिन अघिदेखिको हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका १ गुर्जाको जनजीवन कष्टकर बनेको छ । अहिले पनि गुर्जामा बाख्लो हिमपात भैरहेको छ । वर्षासंगैको बाख्लो हिमपातले गुर्जावासीको दैनिकी कष्ठकर बनेको हो ।
लगातारको हिमपातका कारण बालबालिका र वृद्धबृद्धाहरु थप मारमा परेका छन् । उनीहरुको दैनिकी कष्टकर बनेको छ भने पशु चौपायाँहरु भोकै गोठभित्र थुनिन बाध्य भएका छन् ।
हिमपातका कारण विद्युत र संचार सेवा पनि अवरुद्ध भएपछि गुर्जावासीहरु थप मारमा परेका छन् । हिमपातले स्थानीय इङ्गले खोला लघुाजलबिद्युतको पोल ढालेसंगै सञ्चार तथा विद्युत सेवा ठप्प भएको हो । विद्युत तथा सञ्चार सेवा ठप्प भएसंगै स्थानीयले अध्यारोमा रात कटाउन बाध्य भएका वडाध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता झक बहादुर छन्त्यालले नयाँ विश्वलाई जानकारी दिए ।
हिउँ पर्ने क्रम नरोकिएकाले विद्युत सेवा सुचारुका लागि पोल गाड्न समेत नसकिएको उनले जानकारी दिए । साथै भारिहिमपातका कारण पैदलमार्ग समेत अवरुद्ध भएको छ ।













































































































































































































