२० असार २०८२, शुक्रबार

 

संसारकै एक्लो हाँस ‘ट्रिभोर’ कुकुरको टोकाइबाट मर्‍याे

संसारकै एक्लो हाँसको रुपमा परिचित ‘ट्रिभोर’ नाम दिइएको हाँस कुकुरको टोकाइबाट मरेको छ।

दक्षिण प्रशान्त महासागरमा रहेको टापु राष्ट्र नियुमा ट्रिभोर सन् २०१८ मा आएको थियो। उक्त हाँस कहाँबाट आयो भन्ने अहिलेसम्म खुल्न सकेको छैन।

यद्यपी न्यूजिल्याण्डबाट घुम्दै ट्रिभोर त्यहाँ आएको हुनसक्ने अनुमान गरिएको छ। टापु वरपर एक्लै घुम्ने हाँस नियु बासीका लागि सेलिब्रिटी जस्तै थियो।

स्थानीय ट्रिभोरलाई परिवारको सदस्यको रुपमा लिने गर्दथे। उक्त हाँसलाई उनीहरु माया गरेर खानेकुरा दिने गर्दथे।

नियु च्याम्बर अफ कमर्सका प्रमुख रे फिन्ड्लेले भने,‘गतवर्षको जनवरी महिनामा ठूलो आँधी पश्चात ट्रिभोर यहाँ देखा परेको थियो। त्यसयता उ यहाँ बस्दै आएको थियो।’

उनका अनुसार ट्रिभोर त्यही वरपरका ताल, खोला, नालमा एक्लै रमाउने गथ्र्यो। प्रत्येक दिन गाउँलले समेत ट्रिभोरलाई मिठो खानेकुराहरु दिने गर्थे।

स्थानीयले ट्रिभोरका लागि सानो पोखरी समेत बनाइदिएका थिए।

ट्रिभोरले नियुका कुखुरा, चराहरुसँग रमाइलो गर्ने गरेको स्थानीयबासीको भनाइ छ। नियुबासीले ट्रिभोरलाई धेरै याद गर्ने फिन्ड्ले बताए।

कुकुरको टोकाइबाट मरेपछि ट्रिभोरको सम्झनामा नियुबासीले शोक मनाएको जनाइएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung