
आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्दप्रसाद ढकालले पर्यटन नै सुदूरपश्चिम समृद्विको आधार भएको बताउनुभएको छ । कैलालीउद्योग वाणिज्य संघले आयोजना गरेको सुदुरपश्चिम महोत्सवलाई सोमबार धनगढीमा सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त कुरा उल्लेख गर्नुभएको हो ।
प्रदेशनम्बर ७ (सुदूरपश्चिमप्रदेश) का मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख अथित्यमा सम्पन्न उद्घाटन सत्रलाई प्रदेशका माननीय मन्त्रीज्यूहरू, स्थानीय जनप्रतिनिधिहरु लगायत राजनितिक दलका प्रतिनिधि तथा स्थानीय उद्योगी व्यवसायीहरुले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधनगर्दै अध्यक्ष ढकालले स्थानीय स्तरमाआयोजनागर्ने यस्ता मेलामहोत्सवले स्थानीयउत्पादनलाई चिनाउनमहत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सुदूरपश्चिमकाविद्यमान सम्भावनालाई अधिकतमउपयोग गर्न नेपालको नीजि क्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको कुरा दोहो¥याउनुभयो ।
सुदूरपश्चिम क्षेत्र दक्षिणी छिमेकीमित्रराष्ट्रभारतको सिमानासँग धेरै नजिक रहेकाले यहाँउत्पादनहुने बस्तुहरुलाईअन्तर्राष्ट्रियबजारसम्मनिर्यात गर्न समेत तुलनात्मक सहज रहेको कुरा उल्लेख गर्नुभयो ।
सन् २००१ मा स्थापनाभएको आइएमई ग्र्रुपले रेमिटेन्स, बैंकिङ्ग, सूचना–प्रविधि, उर्जा, पर्यटन, अटोमोटिभ, इन्सोरेन्स, ट्राभल, इन्फोटेन्टमेन्ट, हस्पिट्यालीटी लगायतकाविभिन्न क्षेत्रमालगानीविस्तार गर्दै मुलुकभित्र रोजगारीकाअवसर सिर्जना गर्दै आइरहेको छ ।