बिहीबारबाट सुरु भएको मौसमको बदलीमा शनिबार रातिबाट क्रमशः सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
शनिबार बिहानैदेखि मौसममा केही सुधार देखिए पनि पूर्ण रुपमा सुधार आउन अझै एक दुई दिन लाग्ने महाशाखाले जनाएको छ।
महाशाखाका वरिष्ठ मौसमविद सुदन सुवेदीले शनिबार रातिबाट मौसममा सुधार हुँदै जाने बताए। ‘अहिले पनि मौसममा केही सुधार त देखिएको छ, शनिबार रातिबाट सुधार हुँदै जान्छ’, नेपालखबरसँग कुरा गर्दै सुवेदीले भने, ‘पूर्ण रुपमा सुधार आउन एकदुई दिन लाग्छ।’
शनिबार देशैभर मैसम बदली भइ वर्ष भइरहे पनि पश्चिमी क्षेत्रबाट मौसम सुधार हुँदै आएको र पूर्वी क्षेत्रमा वर्षको कही प्रभाव रहने उनले बताए।
आइतबार पनि दशका पहाडी क्षेत्रमा मौसम बदली भई सामान्य वर्षा हुन सक्ने उनको भनाइ छ।
यसअघिका हिउँदे वर्षाभन्दा यो बढी शक्तिशाली भएका कारण छिटो मौसममा सुधार आउन नसकेको महाशाखाले जनाएको छ। शक्तिशाली हिउँदे वर्षा हुँदा देशैभर वर्षा र हिमपात भएको पनि मौसमविद सुवेदीले बताए।













































































































































































































