शिला पाण्डे, पर्वत । धौलागिरीका उच्च पहाडी क्षेत्रमा बारी हिमपात भएको छ । विहिबारदेखि मौसममा आएको परिर्वतनसँगै धौलागिरीका उच्च हिमाली र पहाडी क्षेत्रमा दोस्रो पटक भारी हिमपात भएको हो ।
देशभरका उच्च पहाडी जिल्लाहरुमा बर्षा भएको छ । वर्षासँगै हिमपात पनि भएको छ । विहिबारदेखि मौसममा आएको परिर्वतनले देशभरको जनजीवन प्रभावित बनेको छ । मौसममा सुधार आउन अझै केहि समय लाग्ने मौसम तथा पुर्वअनुमान महाशाखाले जनाएको छ । शनिबारदेखि मौसममा परिर्वतन हुने बताएपनि मौसम पूर्ण रुपमा सफा हुन सकेको छैन । पूर्ण सफा हुनको लागि अझै केही समय लाग्ने महाशाखाले जनाएको छ ।

मौसममा आएको परिर्वतनसँगै मुस्ताङ, म्याग्दी, पर्वतमा हिउँ परेको छ । उच्च पहाडी क्षेत्रमा मात्रै नभई यतिबेला तल्लो क्षेत्रमा समेत हिउँ परेको छ । पर्वतको डहरेको लेक, हम्पाल लेक, माटेको लेक हिउँले ढाकिएको छ । लेखफाँट, माँझफाँट हिउँले सेताम्मे बनेको छ । यता बागलुङको ढोरपाटान हिउँले सेताम्मे बनेको छ । म्याग्दीका उच्च हिमाली क्षेत्र सेताम्मे बनेका छन् । दोस्रो पटक पनि हिउँ परेपछि हिउँ खेल्नेहरुको हिउँ परेका स्थानहरुमा भीड लागेको छ ।

हिउँ वर्षासँगै धौलागिरीको वातवरण चिसोमय बनेको छ । रातभरीको वर्षा र भारी हिमपातका कारण जनजीवन कष्टकर बनेको हो । मौसममा सुधार हुन सकेको छैन । चिसो हावाहुरी चलिरहेको छ ।
















































































































































































































