३ श्रावण २०८३, आईतवार

 

बागलुङ-काठमाडौ रात्रिकालीन भीआईपी बस सेवा संचालन

बागलुङका जनतालाई सुबिधा सम्पन्न सेवा दिने उद्देश्यले धौलागिरि अन्चल यातायात बस ब्यबसायी समिति र पोखरा जगदम्बा ट्राभल्स प्रालिले बागलुङ–काठमाडौ रात्रिकालीन भिआईपी बस सेवा आईतबारदेखि संचालनमा ल्याउने बताएका छन ।

धौलागिरि अन्चल यातायात बस व्यवसायी समितिका अध्यक्ष उमेश केसीले अहिले दिवाकालीन सेवा भन्दा रात्रिकालीन सेवा लिने यात्रु बढी भएको कारणले पनि बागलुङ काठमाडौ रात्रिकालीन सेवा सुरू गर्नुपरेको पत्रकार सम्मेलनमा बताए ।

जगदम्बा ट्राभल्स प्रालि र धौलागरि बस व्यवसायी समिति बागलुङले सदरमुकाममा पत्रकार सम्मेलन गरि २० सिट क्षमताको भीआईपी बस भित्र वाइफाइ सेवा, चिया कफी, मनोरन्जन, पानी, कोल्डड्रींस, हाइ टी सहितको सेवा भएको भीआईपी बस सेवा शुरू गरेको पोखरा जगदम्बा ट्राभल्स प्रालि पोखराका केशब प्रसाद अधिकारीले बताए ।

बागलुङबाट काठमाडौंको लागि बेलुकी ६ बजे छुट्ने बसको भाडा रू १५ सय कायम गरेको समेत पत्रकार सम्मेलनमा अधिकारीले बताए । तर सरोकारवाला निकायहरुको समन्वयमा भाडा समायोजन गरिएको हो वा प्रालिले एक्लै भाडा दर तोकेको हो त्यो भने अधिकारीले खुलाएनन् । भीआईपी बसमा प्याकेजमा बस भाडा ८ सय ८०, सोफा सिट चार्ज २ सय २०, चिया कफी दुई पटक एक सय, पानी दुई पटक ५०, हाई टि एक सय, वाईफाई ५०, मनोरञ्जन ५० र कोल्डड्रिङस् ५० गरी १५ सय रुपैँया कायम गरिएको अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung