गलकोट । बागलुङ जिल्लाको धवलागिरी वहुमुखी क्याम्पसका विद्यार्थीले सामाजिक सञ्जालको प्रयोगका बारेमा जनचेताना अभियान सञ्चालन गरेका छन् ।
धौलागिरी बहुमुखी क्याम्पसको बिबिए कार्याक्रम अन्र्तगतका विद्यार्थीहरुले बागलुङ र पर्वत जिल्लाका विभिन्न विद्यालयमा अध्यनरत युवा विद्यार्थीलाई सामाजिक सञ्जालको सही सदुपयोग तथा दुरुपयोगबाट कसरी बच्ने भन्ने विषयमा एक हप्ते जनचेतना अभियान सम्पन्न गरेका छन् ।
बिबिए प्रथम सेमिस्टरमा अध्ययनरत ३२ जना विद्यार्थीले पाँच समूहमा विभाजित भएर दुई जिल्लाका विद्यालयको कक्षा १०, ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई सामाजिक सञ्जाल सम्बन्धी सचेतना प्रदान गरिएको धौलागिरी बहुमुखी क्याम्पसले जनाएको छ ।बढ्दो ‘सामाजिक सञ्जाल’को प्रयोग तथा त्यसले सृजना गर्ने सकरात्मक तथा नकरात्मक असरहरुका बारेमा विद्यार्थीहरुलाई सचेत गराइएको धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.रामप्रसाद उपाध्यायले बताउनुभयो ।
बागलुङ जिल्लाको अमर आर्दश माध्यामिक विद्यालय, न्यू ओएसिस बोर्डिङ स्कुल, विद्यामन्दिर माध्यामिक विद्यालय, फ्युचर ब्राइटर बोडिङ स्कुल, गरिमा आवसीय माध्यामिक विद्यालय तथा पर्वत जिल्लाको नमूना आवासीय मध्यामिक विद्यालय र नारायण माध्यामिक विद्यालयमा यस्तो अभियान सञ्चालन गरिएको बिबिए कार्यक्रम संयोजक उप–प्रध्यापक विप्लव शर्माले बताउनुभयो । ‘हरेक संस्थाको सामाजिक दायित्व हुन्छ,’ शर्माले भन्नुभयो ‘हाम्रो क्याम्पसको सामाजिक उत्तरदायित्व अन्र्तगत यस वर्ष युवा विद्यार्थीहरुलाई सामाजिक सञ्जालको सही सदुपयोग गर्न सचेतना प्रदान गर्नु हो ।’
युवा विद्यार्थीलाई सामाजिक सञ्जालको दुरुपयोगका कारण विभिन्न अपराधिक घटना हुने तथा मनोरोगीको जोखिम रहने भन्दै सचेतना जगाइएको अभियानमा आबद्ध विद्यार्थी प्रतिक्षा गौतमले बताउनुभयो ।
धौलागिरीको एक मात्र आंगीक क्याम्पासले साविक धौलागिरी अञ्चलमानै पहिलोपटक सञ्चालनमा ल्याएको बिबिए कार्यक्रमलाई प्रभावकारी बनाउन यस्ताखाले अभियान आवश्यक रहेको क्याम्पसले जनाएको छ ।



















































































































































































































