२३ भाद्र २०८३, मंगलवार

 

प्रतियोगी नेपाली विद्यार्थीले गान्धीलाई स्मरण गरे

काठमाडौं । महात्मा गान्धीको १ सय ५० औं जन्म जयन्तीको अवसर पारेर नेपाल स्थित भारतीय दुतावासले आयोजना गरेको ‘आजको सन्र्दभमा गान्धी’ बिषयक वक्तृत्व कला प्रतियोगता समपन्न भएको छ । शुक्रबार भएको उक्त प्रतियोगितामा राजधानीका  २२ विद्यालय र १३ उच्च माबिका करीब ३ दजर्न विद्यार्थीको सहभागीता रहेको थियो ।

दुतावासको स्वामी विबेकान्द साँस्कृतिक केन्द्रको संयुक्त आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुले गान्धी आज पनि सान्र्दभिक रहेको बताए । शसस्त्र प्रहरी महाविद्यालयका रोशन ठाकुरले गान्धीको अपरिहार्यता आज विश्वमा झनै बढेर गएको बताए । त्यसैगरी प्रतियोगी अन्य विद्यार्थीले आजको सन्र्दभमा गान्धी भारतका लागि मात्र नभएर विश्वका लागि अनुकरणीय रहेको बताए । गान्धी अहिंसाका पुजारी मात्र नभएर दार्शनिक, समाजसेवी तथा स्वतन्त्रता प्राप्ती आन्दोलनका सारथी समेत भएको उनीहरुले स्मरण गरे । चाँदबाग स्कुलकी गरिमा चौधरीले गान्धीको विचारलाई दक्षिण अफ्रीकामा नेलशन मण्डेला तथा अमेरिकामा जुनियर मार्टिन लुथर किङले पक्ष्याउदै स्वतन्त्रा प्राप्तीको आन्दोलनमा विजय प्राप्त गरेको बताईन् ।  उनले भनिन् ‘गान्धीका बारेमा आजको नयाँ पुस्ताले अनुसरण गर्नुपर्नै धेरै गुण छन् । प्रेम, करुणा, दया र क्षमा।’

प्रतियोगीहरुले गान्धीको नैतिक आचरणदेखि प्राकृतिक चिकित्सा उपयोगका बारेमा आ–आफ्ना बिचार व्यक्त गरेका थिए । अहिंसाका पुजारी गान्धीको जन्म दिनको अवसर पारेर सन् २००७ देखि संयुक्त राष्ट्र संघले विश्व अहिंसा दिवस मनाउने गरेको सज्र्दभ समेत वक्ता विद्यार्थीले स्मरण गरेका थिए । कार्यक्रमका अथिती रहेका साहित्यकार डा. तुलसी भट्टराईले उनीहरु भित्र गान्धीका बारेमा धेरै जिज्ञाका अतिरिक्त बिज्ञता समेत रहेको बताए । आउदो नेपाली पुस्ताले समेत गान्धीलाई स्मरण गरिरहने उनको भनाइ छ ।

प्रतियोगितामा विद्यालय तर्फ गुञ्जन जोशी प्रथम, आयुषा पाण्डे द्धितीय, निराकार भक्तराई तृतीय भएका छन् । त्यसैगरी तीनजनाले सवन्तना पुरस्कार प्राप्त गरे । सान्तवना पुरस्कार पाउनेहरुमा स्नेहा कुवँर, राजश्री, आर्या श्रेष्ठ रहेका छन् । त्यसैगरी उमाबि तर्फ गोविन्दराज जोशी प्रथम, कृबिना पाठक द्धितीय,प्रबिना नेपाल तृतीय र सान्तवना पुरस्कार रुची शाहले प्राप्त गरेको विबेकानन्द साँस्कृतिक केन्द्रका निरज भण्डारीले जानकारी गराए । विद्यालय र उमाबि तर्फका दुबै तर्फका प्रथमलाई ८ हजार रुपैयाँ  र अन्यलाई क्रमशः ५,देखि २ हजारसम्म नगद पुरस्कार तथा प्रमाण–पत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung