काठेखोला । काठेखोला गाउँपालिका ३ धम्जामा आलु चिस्यान केन्द्र स्थापना हुने भएको छ । आलु जोक परियोजनामा उक्त क्षेत्र परेपछि आलु चिस्यान केन्द्र स्थापना गर्न लागिएको हो । यो वडाका झण्डै दुई सय घरमा व्यवसायिक आलु लगाइएको छ । क्रमगत बजेटबाट दुई बर्षमा निर्माण गर्ने गरी भवनको शिलन्यास भएको छ । चालु बर्ष भण्डारनको प्रारम्भिक कामलाई ८ लाख रुपैयाँ बिनियोजन गरिएको काठेखोला गापाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकले बताए ।













































































































































































































