५ श्रावण २०८३, मंगलवार

 

ताराखोला नमुना कृषि गाउँ बन्दै

१५ चैत्र ताराखोला ।  ताराखोला गाउँ पालिका वडा न ५ करिमेलामा मुख्यमन्त्री वाताबरण मैत्री नमुना कृषि गाउँ सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद चन्द्र बहादुर बुढा सागरले कृषिलाई आधुनिकीकरण गर्दै ग्रामीण स्तरमा रहेका कृषकहरुको आर्थिक अबस्थामा सुधार ल्याउन गण्डकी प्रदेशबाट चालू आबमा मुख्यमन्त्री वाताबरण मैत्री नमुना कृषि गाउँ छनोट गरि कार्यक्रम अगाडि बढाउन लागिएको बताउनु भयो ।

उहाले यस वर्ष गण्डकी प्रदेश का ३६ नमुना गाउँ मध्ये बागलुङ जिल्लाका ४ गाउँ नमुना कृषि गाउँका रुपमा छनोट भएको बन्दै आगामी बर्ष अन्य गाउँहरु थप्ने लक्ष्य रहेको पनि बताउनु भयो ।

कृषि क्षेत्रको दिगो बिकास , स्रोत साधनको उचित ब्यबस्थापन ,उत्पादन ,उत्पादकत्व र गुणस्तर अभिबृद्दी ,समुदायको दिगो खाद्य सुरक्षा ,महिला उद्यमशिलता को बिकास जलबायु तथा बाताबरण मैत्री कृषि प्रविधि असल अभ्यास सरल सहज र पारदर्शी बजार ब्यबस्थापन जस्ता उदेश्य राखेर गण्डकी प्रदेश ले नमुना कृषि गाउँ छनोट गरि कार्यक्रम ल्यायको कृषि ज्ञान केन्द्र ले जनाएको छ ।

सोही अबसर मा बोल्दै कृषि ज्ञानकेन्द्र पर्बत का प्रमुख बासुदेब रेग्मी ले ताराखोला गाउँपालिका पहिले पनि कृषि का हिसाब ले अब्बल क्षेत्र रहेको र अहिले कृषि नमुना गाउँ छनोटले कृषि तर्फ थप प्रगती गरि साच्चिकै नमुना कृषि गाउँ बनाउन अनुरोध गर्नु भएको थियो ।कार्यक्रममा वडा न ४ का वडा अध्यक्ष जितबहादुर खत्री ,जनएकता बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष धनबहादुर विक लगायत ले मन्तव्य राख्नु भएको थियो ।

ताराखोला गाउँ पालिका वडा न ५ मा रहेको जनएकता बहुउद्देश्यीय सहकारी सस्था मार्फत उक्त कार्यक्रम संचालन गरिने सस्थाका अध्यक्ष धन बहादुर विकले जनाउनु भयो ।

नमुना कृषि गाउँ छनोटसंगै कृषि कार्यक्रम सन्चालनका लागि यस वर्ष गण्डकी प्रदेशबाट कृषि ज्ञान केन्द्र मार्फत ३० लाख बजेट बिनियोजन भएको अध्यक्ष बिकले जानकारी दिनु भयो। कार्यक्रम वडा न ५ का वडा अध्यक्ष राम बहादुर रोकाको अध्यक्षता , सहकारी सस्थाकि कार्यसमिति सदस्य तुलमाया निउरेको स्वागत र कृषि ज्ञान केन्द्र पर्बतका लेखा अधिकृत गौरव दास बैरागीको सन्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung