१३ कार्तिक २०८३, बिहीबार

 

दुर्लुङले विकासको गति लिन्छ: सांसद गिरी

पर्वत । पर्वत दुर्लुङ पुगेर सांसद पदम गिरीले अघिसम्म दुर्लुङको डाँडोलाई उराठलाग्दो भनेर ब्यङय गरिदै आएकोमा अब विकासको गति लिने बताए । सांसदमा निर्वाचित भएको एक बर्ष पछिको एक औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गिरीले विकासको हिसाबले निकै पछि परेको दुर्लुङ अव विकासको मूलप्रवाहमा सम्माहित हुने विश्वास व्यक्त गरे ।

उनले समग्र पर्वतको विकासको लागि आफूसंग केहि ठोस कार्यदिशाहरु रहेको उल्लेख गर्दै ति सबै योजनाहरु आफ्नो कार्यकालमा सम्पन्न गर्ने प्रतिबद्धता समेत दोहोराए। सांसद गिरीले जिल्लामा सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदको उच्चतम विकासका लागि आफू लगायतका जनप्रतिनिधिहरुले काम गरिरहेको बताउँदै ति सवै कामहरु सम्पन्न गर्नु आफ्नो पहिलो दायित्व रहेको उल्लेख गरे। कुश्मा नगरपालिका वडा न ३ दुर्लुङ पुग्नका लागि कुश्मा – दुर्लुङ सडकको कालोपत्रे र ढलानको काम शुरु भईसकेको भन्दै उक्त सडक आगामी वर्ष सम्पन्न हुने प्रतिबद्धता ब्यक्त गरे ।

आम्बोट हुँदै दुर्लुङ पदमार्ग, कुश्मा – दुर्लुङ सडक कालोपत्रे र ढलान, स्वास्थ्यचौकीको भवननिर्माण, होमस्टेको प्रवर्द्धन, क्यानोनिङ खेलको विकास र एक घर एक धारा कार्यक्रम पुरा हुँदा दुर्लुङको भौतिकरुपमा ठूलो विकास हुने दावी समेत गरे। देशभरका १ सय पर्यटकीय स्थलमध्ये दुर्लुङको क्यानोनिङलाई पर्न सफल भएको भन्दै उक्त स्थानको भौतिक संरचनाको विकास अब छिट्टै हुने विश्वास दिलाए ।

आफ्नो गृह वडा समेत रहेको दुर्लुङलाई अबको केहि वर्षमा विकसित दुर्लुङ बनाउने उद्घोष दोहेराए । कुश्मा देखि दुर्लुङ हुँदै घोडेपानी जोड्ने पदमार्गको शिल्यान्यास गर्दै गिरीले यस्तो धारणा राखेका हुन ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung