लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुर्वी लमजुङको राइनास नगरपालिका–१, स्थित गोरखा र लमजुङ जोड्ने नवनिर्मित पक्की बाटोको पुल सोमबार उद्घाटन गरेका छन् ।
पुलको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले विकास निर्माणका कामलाई गुणस्तरीय रुपमा छिट्टै सम्पन्न गर्नका लागि स्थानीय तहको सहयोगी भूमिका आवश्खेयक रहेको बताए । मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले विकास निर्माणका कामलाई प्रथामिकतामा राखी काम गरेको बताए । उनले भने प्रदेशका सबै खोलामा पक्की पुल निर्माण गरी प्रत्येक गाउँ सडक सञ्जालले जाडिनेछ । प्रदेश सरकारले सडक र पुललाई प्रथामिकता राखेर काम गरेको बताए ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये पक्की बाटो पुग्न बाँकी ६२ वटा स्थानीय तहको केन्द्रसम्म पक्की बाटो बनाउन लागीएको बताए। स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय र सहकार्यमा काम गर्ने बताए ।
जिल्ला विकास समितिको १ करोड ७५ लाख ९ हजार २ सय ३८ रुपैयाँ लागतमा पुल निर्माण भएको हो । नवनिर्मित पुलको लम्बाई १६ मिटर रहेको छ ।



















































































































































































































