५ श्रावण २०८३, मंगलवार

 

हावाहुरीसहितको असिनाले ७ लाख बराबरको किवी नष्ट

टिकाराम भट्टराई

बागलुङ। जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ३ पुर्कोटका किसान राजेन्द्र पुनले लगाएको व्यावसायिक किवी खेतीलाई सोमबार साझँ परेको अबिरल असिना पानीले नोक्सान गरेको छ ।

विश्व बजारमा किवी फलको माग बढि रहेको थाहा पाएपछि पुनले निर्वाह मुखी कृषी पेशासँगै बिगत ५ वर्ष पहिले करिब २ लाख लगानीमा आफ्नै २४ रोपनी जग्गामा प्रतिबोट  २६५ का दरले १७० बोट किवी लगायका थिए । भर्खर फुल सँगै फल लाग्ने समयमा लागेको हावाहुरी र परेको असिना पानीले करिब २५–३० क्वईन्टल  किवी नष्ट गरिदिएकाे छ ।

पुनले शुरू गरेकाे किवी खेति असिना पानीले  ७ लाख बराबरको नोक्सान पु¥एकाे छ ।  गत बर्ष किवीको एक बोटमा कम्तीमा ५ केजीदेखी ४० केजीसम्म उत्पादन गरेका पुनले अहिले एकै बोटमा ५०–६० केजीसम्म फल लाग्ने सक्ने अनुमान गरेका थिए । माघ ११ गते परेको हिमपातका कारण किवी सँगै ८ रोपनि जग्गामा लगाईएको ३५ बोट सुन्तला र कागतीलाईसमेत नोक्सान गरेको छ ।

थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने भएकाले रहरैरहरमा कोदो र मकै फल्ने बारीमा किवीको बिरुवा लगाएका पुनको लागि यो आम्दानीको आकर्षक माध्यम बनेको थियो । २ वर्ष पहिले पनि अचानक परेको असिना पानीले गर्दा करिब १ लाख बराबरको किवीका फुल र फल नोक्सान गरेको पुनको भनाई रहेको छ ।  यो वर्ष केही राम्रो आम्दानी गर्ने सोचमा रहेका पुनको विपत्ति सँगै अनुहारमा निराशा छाएको छ ।

समुद्री सतहबाट १५०० सय मिटरमाथि अर्थात सुन्तला फल्ने क्षेत्रमा किबी खेती उपयुक्त मानिन्छ । किबीलाई प्रशस्त पानीको श्रोत भएको र चिस्यान भएको ठाउँ उपयुक्त हुन्छ । हिउँदको याममा किवीलाई कम्तीमा १० दिनमा पानी दिनु अनिवार्य हुन्छ । किवी खेतीभित्र अन्य बालीनाली लगाएर दोहोरो फाईदा लिनसमेत यो खेती लाभदायक मानिन्छ । अझँ किबीको परागसेचन र मह उत्पादनको लागी मौरी पालन गर्दा समेत उचित मानिन्छ ।

उता ढोरपाटन नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हेमेन्द्र घर्तिमगरले नाेक्सान गरेकाे किवी खेतिको अनुगमन गरेका छन । घर्तिका अनुसार किवीका फुल र स–साना फलहरु सबै झरेका छन भने केहि दानामात्र रहेका छन । किसानले लगाएको बालीनालीमा भएको नोक्सानमा वडाबाट केहि अनुदान नभएपनि नगरपालिकाबाट दिन सकिने बताए ।

ढोरपाटन नगरपालिका वडा नम्बर ३ कै चिर्बाङमा अध्यक्ष घर्तिका बुबा बलबहादुर घर्तिले लगाएको सुन्तला तथा कागती खेतिमा समेत नोक्सान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung