१३ कार्तिक २०८३, बिहीबार

 

ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मगंलापुरमा आइतबार ग्यास उद्योगको ट्रक दुर्घटना भएको छ । ग्यास उद्योगबाट ग्यास सिलिण्डर बोकेर बुटवल जाँदै गरेको लु १ क ८०० नम्बरको ट्रक १२ बजे मंगलापुर चोकमा पल्टिँदा दुर्घटना भएको हो ।

ट्रकमा २ सय ३० वटा ग्यास सिलिण्डर थिए । सबै सिलिण्डर सडकमा छरिएका कारण सडकमा सवारी साधन आवगनमा असहज भएको थियो । दुर्घटनामा २ वटा रेलिङ भाँचिएका छन् । ग्याँस सडकमा छरिए पनि विष्फोट नएकाले ठुलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung