८ कार्तिक २०८३, शनिबार

 

एनआईसी एशिया बैंकको नयाँ शाखा काठमाडौंको मनमैंजुमा

काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेडको काठमाडौं स्थित मनमैंजुमा शाखा सञ्चालनमा आएको छ। तारकेश्वर नगरपालिका वडा नं ११ मा नयाँ शाखा विस्तार भएको हो।

शाखाको उद्घाटन मंगलबार तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा एनआईसी एशिया बैंकका उप–प्रादेशिक कार्यालय (प्रदेश न.३) का प्रमुख बिकास खरेलले गरेका हुन्।

बैंकले मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ। यो बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung