
एजेन्सी – हिरो मोटोकर्पले आज मे १ का दिन ३ तीन नयाँ मोडलका बाइक भारतीय बजारमा लन्च गरेको छ। हिरोले एक्स-पल्स २००, एक्स-पल्स २००टी र एक्सट्रीम २००एस गरी तीन नयाँ बाईक लन्च गरेको हो।
एक्स-पल्स २०० अफ रोडका लागि डिजाइन गरिएको मोडल हो। यो मोडल दुई भेरिएन्टमा उपलब्ध छन्- ९७ हजार भारु मुल्य रहेको कार्बुरेटेड भर्जन र १ लाख ५ हजार भारु मुल्य रहेको फ्युल इन्जेक्टेड भर्जन। एक्स-पल्स २००टी मोडल कार्बुरेटेड भर्जनमा मात्र उपलब्ध हुनेछ जस्को मुल्य ९४ हजार भारु रहेको छ।
एक्स-पल्सका दुबै मोडलमा उस्तै १९९.६ सि.सि.को एयर कुल्ड, सिङगल सिलिन्डर र एयर कुन्ड इन्जिन जडान गरिएको छ । सो इन्जिनले ८००० आरपीएममा १८.४ पीएसको पावर र ६५०० आरपीएममा १७.१ एनएमको टर्क जेनेरेट गर्छ । दुबै बाइकको इन्जिनमा ५ स्पिड गियरबक्स समावेश गरिएको छ ।
हिरो एक्स-पल्स २०० मा स्पोक ह्विल्स र अफरोड टायर रहेको छ । यसको फ्रन्ट ह्विल २१ इन्च र रियर ह्विल १८ इन्चको रहेको छ । त्यस्तै एक्स-पल्स २००टीमा दुबै फ्रन्ट ह्विल र रियर ह्विल १७ इन्चका छन्।
एक्सपल्स २००टी मा एलोई ह्विल्स र रोड टायर जडान गरिएको छ जस्ले गर्दा बाइक पर्यटनको लागि निकै राम्रो मानिएको छ ।
त्यस्तै एक्सट्रीम २००एस को मुल्य ९८ हजार ५ सय राखिएको छ। यस मोडलमा पनि १९९.६ सिसिको सिंगल सिलिन्डर पेट्रोल इन्जिन रहेको छ।