१ कार्तिक २०८३, शनिबार

 

हावाहुरीसहित वर्षाको संभावना, सचेत रहन मौसमविदको आग्रह

काठमाडौं – देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिम र पूर्वका केही ठाउँमा तथा मध्य पहाडी क्षेत्रका एक–दुई ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

त्यसै गरी उपत्यकासहित मध्य क्षेत्रको केही ठाउँमा बिहीबार पनि बेलुकीतिर हुरीबतास चल्न सक्ने भएकाले सचेत रहन मौसमविद्ले आग्रह गरेका छन् । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बुधबार बेलुकी मध्य क्षेत्रका धेरै ठाउँमा हुरीबतास चलेको बताइएको छ ।

पूर्वानुमान महाशाखाका अनुसार भारतको विहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी र स्थानीय वायुको प्रभावले बिहीबार पनि मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung